नियम १४
प्रस्ताव राख्ने तरीका र निर्णय गर्ने
(१) साधारणतः साधारण सभामा प्रस्ताव उपर हात उठाएर निर्णय गरिनेछ । तर त्यसरी हात उठाएर मतदान गर्नु भन्दा अगावै बहुसंख्यक शेयरहोल्डरहरूले गुप्त मत दिने माग गरेमा भने सोहि बमोजिम गर्नु पर्दछ । कुनै प्रस्ताव हातहरू उठाएर सर्वसम्मतिबाट वा वहुमतबाट पास भएको वा अस्वीकृत भएको कुरा अध्यक्षले घोषित गरी सो कुरा सभाको माइन्यूट किताबमा चढाइ पछि सो कुराको अन्तिम प्रमाण हुनेछ । त्यसको लागी प्रस्तावको पक्ष वा विपक्षमा दिइएका मतहरूको संख्या र अनुपात बारे कुनै प्रमाणको रेकर्ड राख्नु पर्र्दैन ।
(२) उपनियम (१) मा लेखिए बमोजिम गुप्त मतदानको माग गरिएमा त्यस्तो मतदान सभाको अध्यक्षले निर्देशन गरे बमोजिमको तरीका अनुसार सोही बमोजिमको समय र स्थानमा तुरुन्त वा केही मध्यान्तर पछि वा बढीमा ४८ घण्टा सम्मको सभा स्थगन पछि लिइनेछ र सो मतदानको नतीजालाई सभाको निर्णय मानिनेछ ।